झ्याप्ले खोलामा गाडीसँगै पुरिएका ११ जनाको शव निकालियो
खबर एक्सप्रेस
२०८१-०६-१३ १२:०१ मा प्रकाशित
Total Shares: 57
काठमाडौं- त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोलामा पुरिएका थप ११ जनाको शव निकालिएको छ । एउटा बस पुरिएको अवस्थामा भेटिएपछि निकाल्ने क्रममा ती शव भेटिएका हुन् । निकालिएका शवमध्ये ९ जना पुरुष र २ जना पुरुषका छन् । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ ।
फेसबुक पेज Like गर्नुहोस