वीरगञ्जमा सैनिक जवानले आफैंलाई गोली हाने
काठमाडौं, वीरगञ्ज - वीरगञ्जमा नेपाली सेनाका एक सिपाहीले आफैंमाथि गोली हानेका छन् । चण्डीप्रसाद गणका उक्त सिपाहीले आइतबार राति करिब ८ बजेतिर गोली हानेका हुन् ।
ड्युटीमै रहेका पोखरिया नगरपालिका– ५ का २२ वर्षीय श्यामबाबुप्रसाद चौहानले आफैंमाथि गोली प्रहार गरेका हुन् । घटनापछि गम्भीर घाइते भएका छन् ।
राइफलमा गोली हालेर ड्युटीमा बसेकाका उनले आफ्नो चिउँडो मुनिबाट हानेको बताइएको छ । उनले हानेको गोली आँखामुनिबाट निस्किएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
घटनाबाट गम्भीर घाइते भएका उनको तत्काल उद्दार गरि नारायणी अस्पतालमा लगिएको थियो। नारायणीपछि उनलाई नेसनल मेडिकल कलेज वीरगञ्जमा लगिएको छ। प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस