प्रधानमन्त्री प्रचण्डलाई भेट्न केपी ओली पुगे बालुवाटार
खबर एक्सप्रेस
२०८१-०३-१९ ०९:५७ मा प्रकाशित
Total Shares: 63
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि अध्यक्ष ओली बालुवाटार केहीबेर अघिमात्र बालुवाटार पुगेका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच मध्यरात सत्ता सहकार्यबारे सहमति गरेपछि प्रचण्ड र ओलीबिच भेटवार्ता हुन लागेको हो ।आजै एमाले मन्त्रीहरूले राजीनामा दिने बताइएको छ । कांग्रेस र एमालेबीच सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनको हुने निश्चित भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस