प्ले अफमा पुग्न दिल्लीलाई जित्नैपर्ने दबाब
काठमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करण इण्डियन प्रिमियर लिग ९आईपीएल०मा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार दिउँसो ३स्४५ बजे दुबई अन्तराष्ट्रिय रंगशालामा हुँदैछ ।
जारी सिजनको अंक तालिकाको शिर्षस्थानमा रहेको मुम्बईलाई तेस्रो स्थानमा रहेको दिल्लीले चुनौती दिन लागेको हो । आजको खेल आफ्नो पक्षमा पार्दै दिल्ली प्ले अफमा स्थान बनाउने दाउमा रहेको छ ।
उत्कृष्ट लयमा रहेको दिल्ली पछिल्ला तीन खेलमा धरमराएको छ । जसकारण प्ले अफको सम्भावना टाढिदैँ गइरहेको छ । आजको खेल दिल्लीलाई जित्नैपर्ने दबाब छ । यता, मुम्बई भने प्ले अफमा पुगिसकेको छ ।

मुम्बई रोहित शर्माको कप्तानीमा हार्दिक पाण्डे, केइरन पोलार्ड, ट्रेन्ट बोल्ड, जसप्रित ब्रुमराह, क्वान्टन डी ककलगायतका अनुभवी र उत्कृष्ट खेलाडीको साथमा मैदान उत्रिदैँछ ।
दिल्ली श्रेयस लेयरको कप्तानीमा ऋषभ पन्त, पृथ्वी श, शेखर धवन, मार्कुस स्टोनिस, कागिसो रवडालगायतका खेलाडीको साथमा उत्कृष्ट लयमा छ ।
हेड टु हेडको आंकडा हेर्दा मुम्बई केहि बलियो देखिएको छ । यी दुई टोलीबीच खेलिएका २५ खेलमा १३ मा मुम्बई र १२ मा दिल्ली विजयी भएका छन् । पछिल्लो खेलमा मुम्बईले दिल्लीलाई ५ विकेटले हराएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस