आइपिएलमा चेन्नईको पहिलो जित
काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा चेन्नई सुपर किंग्सले पहिलो जित दर्ता गरेको छ । गएराति भएको दोस्रो खेलमा चेन्नईले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।
पन्जाबले दिएको १ सय ७ रनको लक्ष्य चेन्नईले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्न सफल भयो । चेन्नईको जितमा मोईन अलीले ३१ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ४६ रनको योगदान दिए । यस्तै फाप डु प्लेसिसले अविजित रहदै ३६ रन जोडे भने सुरेश रैना ८ रनमा आउट भए ।
बलिङमा पन्जाबका मोहम्मद शामीले २ विकेट लिए । अर्शदीप सिंह र मुरुगन आश्विनले १/१ विकेट लिए ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । पन्जाबका लागि शाहरुख खानले सर्वाधिक ४७ रनको योगदान दिए । यस्तै, जे रिचार्डसनले १५ रन जोडे भने क्रिस गेल र दिपक होडाले समान १०/१० रन बनाए । बलिङमा चेन्नईका दीपक चाहरले ४ विकेट लिए । यस्तै, ड्वेन ब्राभो, साम करन र मोईन अलीले १–१ विकेट लिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस