काठमाडौं - कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको हो ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु,’ श्रेष्ठले ट्विटरमार्फत् भनेका छन् ।