३७ वर्षअघि नेपालबाट चोरिएको ऐतिहासिक मूर्ति अमेरिकाद्वारा हस्तान्तरण
काठमाडौं - ३७ वर्षअघि नेपालबाट चोरिएको ऐतिहासिक लक्ष्मीनारायण (वसुदेव–कमलाजा)को मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।
सन् १९८४ मा नेपालबाट चोरिएको उक्त मूर्ति अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)का टिमोथी एन ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् । पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको उक्त मूर्तिलाई १९९० देखि अमेरिकाको ड्यालस म्युजियम अफ आर्ट्स मा राखिएको थियो ।
नेपालको मध्यकालीन समयमा बनेको भनिएको मूर्ति ३३.५ इन्च उचाई र १९.२५ इन्च चौडाइको छ । १२औं शताब्दीमा बनाइएको यो एउटै मूर्तिमा देब्रेतर्फ विष्णु र दायाँपट्टि अर्धलक्ष्मीको आकृति छ । दूतावासले युनेस्कोको आवश्यक प्रक्रिया पुरा गरेर नेपाल ल्याइने जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस