आज थपिए २ हजार ९ सय ९ जना कोरोना संक्रिमत
खबर एक्सप्रेस
२०७७-०७-२१ ०४:५१ मा प्रकाशित
Total Shares: 291
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५२ हजार ९ सय ८ पुगेको छ।
आज देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०७० पुगेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस