सेफ्टी ट्याङ्कीको फोहोर ढलमा मिसाउनेलाई ५० हजार जरिवाना
खबर एक्सप्रेस
२०८०-०३-२४ ०६:५२ मा प्रकाशित
Total Shares: 121
काठमाडौं-काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्की ढलमा मिसाउने एकजनालाई कारबाही गरेको छ ।
महानगरका अनुसार काठमाडौं-६ स्थित बौद्धका गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्कीको फोहोर ढलमा मिसाएको पाइएपछि ५० हजार रूपैयाँ जरिवाना तिराइएको हो ।
महानगरपालिका भित्र जथाभावी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहोर मिसाउनेलाई कारबाही गर्दै आइरहेको महनागरका नगर प्रहरी उपरीक्षक राजु पाण्डेले जानकारी दिए । ही नियम अनुसार महानगरले बुढाथोकीलाई जरिवाना तिराउने काम भएको उनले बताए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस