त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिनका शिशुमा देखियो कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०३-१६ ०३:४७ मा प्रकाशित
Total Shares: 430
काठमाडौं - त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकजना शिशुमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा. सन्त कुमार दासका अनुसार म्याग्दीवाट हालै उपचारका लागि ल्याइएको ४५ दिनको शिशुमा कोरोना संक्रमण देखिएको हो । शल्यक्रियाको लागि भर्ना भएका उनको स्वाव परीक्षणको गरिएको थियो । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
शिशुमा श्वासप्रश्वासमा समस्या भएपछि सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो । तर कोरोना रिपोर्ट पोजेटिभ आएपछि हाल उनलाई आइशोलेशनमा राखिएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस