काठमाडौं,एजेन्सी - इटालियन सिरी एमा युभेन्ट्सले पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसले उडिनेसमाथि २–१ को जित हात पारेको हो । 

खेलको १०औं मिनेटमा नाहुएल मोलिनाको गोलकाट उडिनेसले अग्रता लिएको थियो । त्यसपछि ८३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ११को बराबरीमा ल्याए । ८९ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए । 

जितसँगै युभेन्टसको शीर्ष चारमा पर्ने सम्भावना जीवितै रहेको छ । युभेन्टस ३४ खेलबाट ६९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।  पराजित उडिनेस ३९ अंक जोडेर ११औं स्थानमा रहेको छ ।