इंगलिश प्रिमियर लिग : लिभरपुलसँग म्यानचेस्टर सिटी स्तब्ध
काठमाडौं - इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुल सामु म्यान्चेष्टर सिटी निरीह देखिएको छ । आइतबार राति घरेलु मैदान एनफिल्डमा खेलेको लिभरपुलले सिटीलाई ३–१ को स्पष्ट गोल अन्तरले हरायो ।
डिफेन्डिङ च्याम्पियनमाथि स्पष्ट जित निकालेको लिभरपुलले उपाधि दावेदारीलाई बलियो समेत बनाएको छ । लिभरपुलले सिटीसंग ९ अंकको अंकदूरी पनि बनाएको छ । दोस्रो स्थानको लेस्टर सिटीको २६ अंक हुँदा सिटीको २५ अंक छ । लिभरपुलको ३४ अंक भएको छ १२ औं चरणको समाप्तिसम्म ।
खेलको अवस्था
खेलको छैटौं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । मोहमद सलाहाले १३ औं मिनेटमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।
साडियो मानेले ५१ औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–० ले अग्रता दिलाए । निरिह देखिएको सिटीका लागि बर्नाल्डो सिल्भाले ७८ औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा एउटमात्र पहेंलो कार्ड देखाइएको थियो ।
अन्य खेलको नतिजा–
म्यान्चेस्टर युनाइटेडले ब्राइटनलाई घरेलु मैदानमा ३–१ गोल अन्तरले हरायो । युनाइटेडका लागि एन्द्रेस परेरा र मार्कस रासफोर्डले गोल गरे । दाभी प्रोपेरले आत्मघाती गोल गरेका थिए ।
ब्राइटनका लेविस डन्कले एक गोल फर्काएका थिए । वुल्भरह्याम्पटनले एस्टन भिल्लालाई २–१ गोल अन्तरले हरायो ।
अंक तालिका
लिभरपुल–३४ अंक
लेस्टर सिटी– २६ अंक
चेल्सी– २६ अंक
म्यान्चेस्टर सिटी– २५ अंक
सेफिल्ड युनाइटेड र आर्सनल– १७ अंक
म्यान्चेस्टर युनाइटेड– १६ अंक
फेसबुक पेज Like गर्नुहोस