चितवन - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्रै सहमति जुट्ने दाबी गरेका छन्।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। अध्यक्ष नेपालले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दावी रहेपनि यसमा सहमति जुट्ने बताए ।

राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता रुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आ-आफ्ना उम्मेदवार उठाउने दावी गरेका छन्। राष्ट्रियसभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुँदैछ।

उनले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको बताए । अध्यक्ष नेपालले केहि समस्या आए छलफल गरेर सहमतिमा पुगिने जिकिर गरे।

गठबन्धनभित्र दरार देखिए हल गरिने उनको भनाइ छ ।