कांग्रेस नेता केशव बुढाथोकीको निधन
खबर एक्सप्रेस
२०८०-१०-२३ ०८:०६ मा प्रकाशित
Total Shares: 125
काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ।
विराटनगरमा उपचारका क्रममा ८० वर्षको उमेरमा सोमबार राति साढे ११ बजे उनको निधन भएको हो ।
लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित उनी पछिल्लो समय मिर्गौलाको उपचार गराइरहेका थिए।
झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए।
पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीरलाई मंगलबार झापास्थित कन्काईधाममा अन्यष्टी गरिने छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस