सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढ्यो
खबर एक्सप्रेस
२०७७-०९-२० ११:५१ मा प्रकाशित
Total Shares: 366
काठमाडौं - सुनको भाउ आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेको छ ।
सुनको भाउ आज तोलामा ९५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ अस्थिर रहेकाले नेपाली बजारमा पनि भाउमा उतारचढाव आइरहेको महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी पनि आज तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस