रुपन्देहीमा कार दुर्घटना, ३ जनाको मृत्यु
काठमाडौं - रुपन्देहीमा कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।
शुक्रबार राति परासीबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ६७५६ नं. को कार रोहिणी गाउँपालिका-४ छिपागड स्थित हुलाकी सडक खण्डमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अनियन्त्रित भइ पल्टिँदा कार सडकबाट १० मिटर तल खसेको थियो । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
उक्त कारमा सवार ४ जना घाइतेहरूलाई उपचारको लागि भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ओमसतिया गाउँपालिका-४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरी रहेका छन् भने अन्य दुई जनाको सनाखत हुन सकेको छैन । रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका-४ का ३० वर्षीय अनिल यादव गम्भीर घाइते छन् ।
फेसबुक पेज Like गर्नुहोस