काठमाडौं - पर्यटनमन्त्री योगेश भट्टराईले कोरोना भाइरस (कोभिड– १९) विरुद्धको लडाइमा अर्को मोर्चा बनाएर लड्ने कुरा आफैलाई सत्यानास गर्नु भएको बताएका छन् । आइतबार एक ट्वीट गर्दै उनले कोरोनालाई परास्त गर्न सरकारको मोर्चाबाट मात्रै सम्भव भएको उनले बताएका हुन् । 

मन्त्री भट्टराइले कोरोनाविरुद्ध को लडाइमा सकारात्मक प्रयत्नहरु सरकारी कारबाहीकै वरिपरी हुनुपर्ने बताएका छन् । 

उनले लेखेका छन् ‘कोभिड– १९ लाई परास्त गर्न राज्य ( सरकार) को मोर्चाबाट मात्र सम्भब छ । सबैका सकारात्मक प्रयत्नहरु सरकारी कार्बाहीकै वरीपरी केन्द्रित हुनुपर्दछ । अर्को मोर्चा बनाएर लडाईंलाई दिग्भ्रमीत गर्नु आँफैलाई सत्यानास गर्नु हो । होस् पुर्याउँ । अनुभबबाट कमजोरीहरु सच्चिदै जानेछन ।’