वर्षा र हिमपातसँगै भूकम्पको धक्का
काठमाडौं - जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ ।
विभागले हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसका कारण मुक्तिनाथ क्षेत्र, अन्नपुर्ण वेसक्याम्प क्षेत्र तथा उच्च हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ ।
काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भएकाले चिसो ह्वात्तै बढेको छ ।
वर्षात र हिमपातको सम्भावना बढ्दै गएका बेला आज बिहान ैसङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका (सङ्खुवासभा) आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।
४.३ म्याग्निच्युडको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस