काठमाडौं - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्‍नई सुपर किङ्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ ।

दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ७ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली दोस्रो जित निकाल्ने मौकामा छन् । ३ खेल खेलिसकेका दुवै टोलीले एकमा मात्र जित हात पारेका छन् । अंकतालिकामा चेन्नई पुछार र हैदराबाद पुछारबाट दोस्रो स्थानमा छ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई जित निकाल्दै लयमा फर्कने योजनामा छ । तर, डेभिड वार्नरको नेतृत्वमा रहेको हैदराबादमाथि जित निकाल्न चेन्नईलाई सहज भने छैन । गत सिजन भएको दुई भेटमा दुबै टोलीले एक/एक जित निकालेका थिए ।