काठमाडौं- कोसी प्रदेशमा सभामुखको टुंगो लगाउन निर्वाचन गर्ने निर्णय भएको छ । 

प्रदेशसभाको  कार्यब्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् ।

सर्वसम्मत रूपमा सभामुख चयन गर्ने विषयमा निर्णय गर्न दलहरूले छलफल गरिरहेका छन् ।

राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाउने निर्णय गरेको छ । सत्तारुढ दलहरूले सभामुखमा राप्रपालाई सहयोग गर्ने निर्णय गरिसकेका छन् । 

यता, नेकपा एमालेले पनि विष्टलाई सघाउने भएको छ । यससँगै सभामुखमा बिस्ट निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ ।