लेस्टर र युनाईटेडको बराबरी
काठमाडौं,एजेन्सी - लेस्टरले म्यान्चेष्टर युनाईटेडसंग बराबरी खेल्दै अंक बाँडेको छ ।
शनिबार राति घरेलु मैदानमा लेस्टरले म्यान्चेष्टर युनाईटेडसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
मार्कुस रासफोर्डले सुरुवातमै युनाईटेडलाई अघि बढाए । ब्रुनो फर्नान्डेजले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै रासफोर्डले खेलको पहिलो गोल गरे । तर, लगत्तै हार्वे बान्र्सले लेस्टरका लागि बराबरी गोल फर्काए ।
७९ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै पुन युनाईटेडलाई अघि बढाए । मैदान छिरेको केही मिनेटमै ईडिन्सन काभानीको चलाखीपूर्ण पासमा फर्नान्डेजले युनाईटेडलाई २–१ को अवस्थामा पुर्याए ।
त्यसको ६ मिनेटमा जेमी भार्डीले लेस्टरका लागि बराबरी गोल फर्काए । लेस्टर २८ अंक सहित दोस्रो र युनाईटेड २७ अंक सहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको लिभरपुलको ३१ अंक छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस