बैठक सकिएपछि संसद भवन पुगे प्रधानमन्त्री
खबर एक्सप्रेस
२०७७-१२-०३ ०२:३० मा प्रकाशित
Total Shares: 841
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा बैठक सकिएपछि संसद भवन पुगेका छन्।
सभामुखले बैठक समयमा सञ्चालन नगरेको आरोप लगाउँदै आएका ओली मंगलबार भने समयमै सुरु भएको बैठक सकिएपछि पुगेका हुन्।
१ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सभामुख अग्निप्रसाद सापकोटाले १ बजेर २ मिनेट जाँदा सञ्चालन गरेका थिए । तर, ओली केही समय ढिलोगरी बैठकस्थल पुगेका थिए। उनी त्यहाँ पुग्दा बैठक नै सकिएर सांसदहरु बाहिरिसकेको संसद सचिवालयका एक अधिकारीले बताए।
आज बसेको बैठक चैत ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखले संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव पेश गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस