फेसबुकमा लाइभ गर्दै युवतीद्वारा आत्महत्या
खबर एक्सप्रेस
२०७७-०३-१८ ११:०४ मा प्रकाशित
Total Shares: 494
दाङ - तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गर्दै झुन्डिएर आत्महत्या गरेकी छिन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी २३ वर्षिया एलिसा गौतमले बुधबार राती फेसबुकमा लाइभ गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ ।
डिभोर्स भएर माइतीमा बस्दै आएकी गौतमले किन आत्महत्या गरिन् भनेर तुल्सीपुर प्रहरीले अनुसन्धान थालेको छ ।
केहिसमय अगाडी डिभोर्स भएपछि आफ्नी छोरीलाई पूर्वश्रीमान्को साथमा छोडेर माइतीमा बस्दै आएकी थिइन् । गौतमकी आमाबुबा कामको सिलसिलामा भारतमा रहेको कारण उनी माइतमा एक्लै बस्थिन् ।
मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस