मलाई हटाउन सजिलो छैन : प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०७७-११-१८ ०४:३८ मा प्रकाशित
Total Shares: 387
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले सरकारबाट हटाउन सक्ने भए हटाउन चुनौती दिएका छन्।
मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएकोसमेत जिकिर गरे । 'कसैले हटाउन सक्छ भने अहिले हटाओस् । तर, सजिलो छैन । खुसीसाथ हट्छु । डेढ वर्षपछि त चुनाव आइहाल्छ । दुई तिहाइका साथ सिंहदबार फर्किन्छु,' उनले भने ।
उनले सर्वोच्च अदालतको फैसलाको विषयमा केही नबोल्ने र कार्यान्वयन गरेर अघि बढ्ने बताए । प्रतिनिधि सभा बैठक डाकिएको र त्यसमा आफ्नो सकारात्मक भूमिका हुने ओलीको भनाई छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस