एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
खबर एक्सप्रेस
२०८२-०३-१९ ०८:२४ मा प्रकाशित
Total Shares: 115
काठमाडौं - आज नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय (आलोकनगर) मा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
बैठकमा अध्यक्ष माधव नेपाललाई लागेको भ्रष्टारचा मुद्दा (पतञ्जलि जग्गा प्रकरण) सहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
यसैगरी अध्यक्ष नेपालविरुद्ध स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिबारे पनि बैठक छलफल हुनेछ।
झाँक्री केही दिनअघि लुम्बिनीमा अध्यक्ष फेर्नुपर्ने तथा ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन’ भनेकी थिइन् । त्यसपछि मंगलबार पार्टी अनुशासन आयोगले झाँक्रीलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस