काठमाडौं - सरकारले नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको छ । 

बुधबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराएका हुन् । फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको उनले बताए ।

सरकारले मधेस र थारुहट आन्दोलनका क्रममा नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिएको हो । जनता समाजवादी पार्टीले सो मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो ।