आशिका तामाङलाई भक्तपुर अदालतमा पेस गरिँदै
खबर एक्सप्रेस
२०८१-१०-१५ १०:२२ मा प्रकाशित
Total Shares: 326
काठमाडौं-आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिँदै छ ।
भक्तपुर प्रहरीका अनुसार आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका निम्ति म्याद थप गर्न उनलाई अदालतमा पेस गर्न लागिएको हो ।
आशिका हाल प्रहरी वृत्त जगातीको हिरासतमा छिन् । सोमबार उनलाई काठमाडौंबाट भक्तपुर लगिएको हो ।
प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी उनलाई सोमबारै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस