काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेभियामाथि उसकै मैदानमा २–० को जित निकालेको हो । 

खेलको २९ औं मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि कप्तान लिओनल मेस्सीले खेलको ८६ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए । 

जितसँगै बार्सिलोना २५ खेलमा ५३ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ । २ खेल कम खेलेर शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५५ अंक छ भने तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५२ अंक छ ।