थप १७० जनामा कोरोना पुष्टि, कुल संक्रमित एक हजार २ सय १२ पुग्यो
काठमाडौं - पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा संक्रमित संख्या १२ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शुक्रबार संक्रमित हुनेहरुमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, सर्लाहीका १, म्याग्दीका १, बाँकेका १०, कपिलवस्तुका ८४, रौतहटका ५६, सर्लाहीका ४, दाङका २ कपिलवस्तुका ९ का रहेका छन् ।
त्यस्तै मृतक संख्या ६ पुगेको छ । भारतबाट जेठ १० गते नेपाल आएका मृतक अर्घाखाँची जिल्लाको भूमिका नगरपालिकाका ३५ वर्षीय पुरुष हुन् । जेठ ११ गते उहाँको स्वाब संकलन गरेकोमा आज मृत्यु पर्यन्त कोरोना पोजेटिभ आएको हो ।
फेसबुक पेज Like गर्नुहोस