काठमाडौं - कोरोना संक्रमणबाट २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ८४७ जनाको मृत्यु पुष्टि भएको छ ।

नेपालमा आइतवार थप २ हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतवारसम्म सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ८ हजार ३३४ जना पुगेको छ ।