रियल लिगको शिर्षस्थानमा उक्लियो
खबर एक्सप्रेस
२०७८-०१-०९ ०८:४६ मा प्रकाशित
Total Shares: 279
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले काडिजलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
काडिजको मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । अल्भारो ओड्रीजोलाले एक गोल गरे ।
खेलको ३० औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा अल्भारोले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ४० औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३-० को जित दिलाए ।
जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियलले ३२ खेलमा ७० अंक जोडेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस