माधव पक्षकाे स्थायी कमिटी बैठक : बाढीपीडितको उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन
काठमाडाैं - नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले बाढीपीडितको उद्धार कार्यलाई प्रभावकारी, पारदर्शी र निष्पक्ष बनाउन सरकारसँग माग गरेको छ । बिहीवार बसेको स्थायी कमिटी सदस्यहरूको भर्चुअल बैठकले बाढीपीडितको उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको थियो ।
स्थायी कमिटी बैठकपछि १४ जनाको नाममा जारी वक्तव्यमा नेता नेपालले हस्ताक्षर गरेका छन् । अहिले मनसुन शुरू मात्र भएको र आगामी दिनमा समस्या अझै गम्भीर हुन सक्ने भन्दै पूर्व तयारी थाल्न सरकार र स्थानीय तहको ध्यानाकर्षण गराइएको छ ।
स्थायी कमिटीको आजको भर्चुअल बैठक प्राकृतिक विपत्तिको विषयमा केन्द्रित रहेकाले आज राजनीतिक कुराकानी नभएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस