काठमाडौं,एजेन्सी - आज नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली समयअनुसार पौने ५ बजे  बंगलादेशको राजधानी ढाकास्थित ‌बंगबन्धु रंगशालामा नेपालले दोस्रो मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।

गत कात्तिक २९ गते भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २–० गोलले पराजित भएको थियो । मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भए पनि आजको खेलमा भने जित निकाल्ने दाउमा रहेको छ ।

पहिलो मैत्रीपूर्ण खेलमा नेपालका लागि विकास खवास, एरिक विष्ट र दर्शन गुरुङ गरी तीन खेलाडीले डेब्यू गर्ने अवसर पाएका थिए ।

नेपालले कतार विश्वकप छनोटको तयारीस्वरुप बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेको हो ।