एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का
खबर एक्सप्रेस
२०७७-०५-३१ ०५:३१ मा प्रकाशित
Total Shares: 334
काठमाडौं - काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीका अनुसार भूकम्पको केन्द्रविन्दु काठमाडौँबाट ६३ किलोमिटर उत्तर पूर्वमा रहेको र यसको म्याग्निच्युड ५.५ रहेको उल्लेख गरेको छ । भूकम्प मापन केन्द्रले आधिकारिक तथ्यांक दिन बाँकी रहेको छ ।
यसअघि, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।
फेसबुक पेज Like गर्नुहोस