बागमतीमा दुई सय वार्डको आइसोलेसन बन्दै
काठमाडौं - कोरोना संक्रमणमा परेकाहरूको उपचारका लागि बागमती प्रदेश सरकारले धमाधम आइसोलेसन वार्ड बनाउन थालेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर भक्तपुरबाहेक १० जिल्लामा त्यस्ता वार्ड बनाइँदै छ ।
बागमतीमा बढी जनसंख्या भएकाले संक्रमणको दर पनि बढी हुने सम्भावनालाई मध्यनजर गर्दै आइसोलेसन वार्ड निर्माणमा तीव्रता दिइएको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दुलालले बढी जनसंख्या भएका जिल्लामा धेरै र कम भएका जिल्लामा थोरै वार्ड तयारी गरिएको बताए ।
‘मकवानपुरको हेटौँडा र चितवनको भरतपुरमा एक सय ६० शड्ढयाको आसुलेसन कक्ष तयार हुँदै छ,’ मन्त्री दुलालले भने, ‘रसुवा, धादिङ, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक र धादिङमा पाँच–पाँच शैय्याका वार्ड तयारी अवस्था छन् ।’ हेटौँडामा ९० शड्ढयाको आइसोलेसन, १० वटा आइसियू र चितवनमा ७० शड्ढयाको आइसोलेसन कक्षको निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । ‘हेटौँडा र भरतपुरमा एक साताभित्र आइसोलेसन र आइसियू कक्ष तयार हुनेछन्,’ उनले भने, ‘आइसोलेसन र आइसियू कक्षमा आवश्यक सबै सामग्री उपलब्ध हुने गरी तयारी भइरहेको छ ।’
नयाँ पत्रिका दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस