च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिड विजयी
काडमाडौं,एजेन्सी - च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले जित निकालेको छ ।
गएराति आफ्नै घरेलु मैदानमा सम्पन्न खेलमा एट्लेटिकोले जर्मन क्लब आरबी साल्जवर्गलाई ३-२ गोलले पराजित गरेको हो । खेलको २९ औं मिनेटमा एट्लेटिकोका मार्कोस लोरेन्टेले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।
४० औं मिनेटमा डोमिनिक जुबोस्लाईको गोलबाट साल्जवर्गले खेल बराबरीमा ल्यायो । ४७ औं मिनेटमा एट्लेटिकोका फिलिपेले आत्मघाती गोल गरेपछि साल्जवर्ग २-१ गोलले अघि रह्यो ।
साल्जवर्गको अग्रता धेरैबेट टिक्न सकेन । एट्लेटिकोका जोआओ फेलिक्सले ५२ औं मिनेटमा गोल गर्दै बराबरी गरे । उनै फेलिक्सले ८५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ३-२ गोलको जित दिलाए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस