युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा ५.०८ गुणा बढी आवेदन, आज अन्तिम दिन
काठमाडौं - युनियन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओ भर्ने म्याद आजदेखि सकिदैँछ । कम्पनीले माग गरेकोभन्दा बढी आवेदन परेसँगै सेयर निष्काशन बन्द गर्न लागेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार अपरान्ह ५ बजेर २० मिनेटसम्म १८ लाख ३५ हजार ६ सय ५६ जनाले आवेदन दिएका छन् ।
उनीहरुले २ अर्ब ९४ करोड ६३ लाख ४९ हजार रकम बराबरको २ करोड ९४ लाख ६३ हजार ४ सय ९० कित्ता सेयरको लागि आवेदन दिएका क्यापिटलले जनाएको छ । जुन कम्पनीले जारी गरेको भन्दा ५.०८ गुणाले बढी हो ।
इन्स्योरेन्सले असार २४ गतेदेखि कूल ६४ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस