प्रमुख प्रतिपक्षी दलको दाबी सुविधाको लागि होइन : नारायणमान विजुक्छें
खबर एक्सप्रेस
२०७९-१०-०८ ०७:३५ मा प्रकाशित
Total Shares: 132
भक्तपुर - नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले संघीय संसदमा प्रमुख प्रतिपक्ष दलमाथि आफूहरुको दावी कुनै सुविधा पाउने नियतले नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलकाे दाबी सरकारी सुविधा पाउनको लागि नभएको उनको भनाइ छ ।
४९औं पार्टी स्थापना दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पार्टीले लेनदेनको नभई सिद्धान्तको आधारमा चल्ने बताए ।
पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले नेपालमा विद्यमान संविधान र ऐन कानुन अनुसार नेमकिपालाई नै प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने जिकिर गरे ।
कार्यक्रममा ७० वर्ष उमेर नाघिसकेका ११ जना कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस