उपभोग्य वस्तुको आपूर्ति सहज बनाउः मानवअधिकार आयोग
काठमाडौं - राष्ट्रिय मानवअधिकार आयोगले लकडाउन अर्थात् बन्दाबन्दीका बेला सरकारलाई नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले लकडाउनका बेला घरमै रहेका अपाङ्गता भएका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नहरूको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन आग्रह गरेको हो ।
उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र तीनका परिवारको स्वास्थ्य सुरक्षा सुनिश्चत गर्न पनि आयोगले सरकारलाई भनेको छ ।
लकडाउन उल्लंघन नगर्न आह्वान गर्दै आयोगले, ‘सरकारले गरेको लकडाउनको सबै नागरिकले पूर्ण पालन गरी घरभित्रै रहन र त्यसको अवज्ञा नगर्न’ भनेको छ ।
अवज्ञा गर्नेलाई पनि मानवोचित व्यवहार र कानून बमोजिम कारवाही गर्न आयोगले सम्झाएको छ ।
फेसबुक पेज Like गर्नुहोस