थप ३८२ जनामा कोरोना पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५००७ र एन्टिजेन विधिबाट १५९५२ जनामा परिक्षण गर्दा ३८२ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २८ हजार ७७३ र एन्टिजेनबाट ९६ हजार २्र४२ जना पुगेको छ ।
यस्तै, आज थप २५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १२ हजार २१० जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप कसैको मृत्यु भएको जानकारी छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५९४ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९६९ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस