दाहाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै
खबर एक्सप्रेस
२०७७-११-२४ ०८:२१ मा प्रकाशित
Total Shares: 387
काठमाडौं - साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।
सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि आवश्यक छलफल गर्न स्थायी कमिटीको बैठक बस्न लागेको बताइएको छ ।
उक्त पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज बिहान ११ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघि यो समूह हिजो (आइतबार) नै कानुन व्यवसायीहरूसँग छलफलमा जुटेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस