एनपीएल: सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदुरपश्चिम रोएल्सले विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ६ विकेट गुमाएर १४७ रन बनायो।
सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४५ रनमा अविजित रहे।
इसान पाण्डे ३८, क्रिश ब्रोन २४,कप्तान दीपेन्द्र सिंह ऐरी १९, बिनोद भण्डारी १५, दीपक बोहरा ३,र हर्मित सिंह शून्यमा आउट भए। विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने प्रतिश जीसीले दुई र बसिर अहमदलेएक विकेट लिए।
सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन।
आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस