काठमाडौं - अभिनेत्री ऋचा शर्मा रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन्। उनले आमा बन्ने मिति नजिकिएपछि शोबाट विश्राम लिएकी हुन्।

गर्भवती ऋचाले उत्कृष्ट तीन प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा शोमा सहभागीता जनाएकी थिइन्। फाइनल प्रतियोगितामा भने उनी अनुपस्थित हुने छिन्।