लिभरपुलको पहिलो जित
खबर एक्सप्रेस
२०७७-११-१७ ०९:०५ मा प्रकाशित
Total Shares: 276
काठमाडौं - इंग्लिस प्रिमियर लिगमा लगातार चार हार व्यहोरेको लिभरपुलले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २-०ले पराजित गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४८औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ६४औं मिनेटमा किन ब्रायनले आत्मघाती गोल गरेपछि लिभरपुलले २-०को जित निकाल्यो ।
जितसँगै लिभरपुल २६ खेलबाट ४३ अंक जोडेर छैटौ स्थानमा छ । पराजित सेफिल्ड ११ अंक जोडेर पुछारमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस