केनको दुई गोलमा टोटेनहम विजयी
खबर एक्सप्रेस
२०७७-११-२८ १०:३० मा प्रकाशित
Total Shares: 277
काठमाडौं, एजेन्सी - युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब टोटेनहमले जित निकालेको छ ।
गएराति भएको खेलमा टोटेनहमले क्रोएसियन क्लब डाइनामो जाग्रेवलाई २-० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन दुबै गोल ह्यारी केनले गरे । उनले २५ औं र ७० औं मिनेटमा गोल गरेका हुन् ।
अब दोस्रो लेगको खेल डाइनामो जाग्रेवको मैदानमा मार्च १८ मा हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस