काठमाडौं - कञ्चनपुरमा एक युवा जोडीले नहरमा हाम फालेर आत्महत्याको प्रयास गरेका छन् ।

शुक्रवार दिउँसो भीमदत्त नगरपालिका वडा नम्बर १ भाँसीस्थित नहरमा भीमदत्त २ उल्टाखामका २३ वर्षीय राकेश चौधरी र महुलियाकी १९ वर्षीया रेनु चौधरी हाम फालेका हुन् । उनीहरु प्रेमी प्रेमिका हुन्।

प्रहरी स्रोतका अनुसार स्थानीयले देखेपछि केहीछिनमै युवतीको उद्धार गरिए पनि युवक भने बेपत्ता छन् । युवतीको महाकाली उपप्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । १०–१५ मिनेटमा युवतीको होस आएर उनले नै युवक पनि नहरमा बगिरहेको जानकारी दिएपछि खोजीमा लागेको बताइएको छ ।

हामफाल्नुको कारण भने यकिन नभएको प्रहरीले बताएको छ ।