कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि
खबर एक्सप्रेस
२०७९-११-२१ ०६:४३ मा प्रकाशित
Total Shares: 223
काठमाडौं-राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ ।
जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।
फेसबुक पेज Like गर्नुहोस