काठमाडौं - गएको २४ घण्टामा नेपालमा थप चार सय नौ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार (आज) ६ हजार सात सय ६ जनाको  पीसीआर परीक्षण भएकोमा चार सय नौ जनालाई सङ्क्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६३ हजार एक सय ९३ पुगेको छ ।  

यस्तै गएको २४ घण्टामा चार सय ९५ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५६ हजार एक सय ६१ पुगेको छ । 

साथै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ सय ९९ पुगेको छ । 

नेपालमा बुधबार (आज) सम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार एक सय ३३ रहेको छ ।