आज गोबद्धन पूजा गरिदैँ
काठमाडौं - आज कात्तिक शुक्लपक्ष प्रतिपदा तिथि । १९ कात्तिक, शुक्रबार । आज गोबद्धन पूजा अर्थात् गाईगोरु पूजा । आजको दिनलाई हलितिहार पनि भनिन्छ । आज म्ह पूजा पनि हो । नेवारी समुदायमा आफनो शरीरको पूजा आफैले गर्ने कार्यलाई म्ह पूजा भनिन्छ । आजदेखि नै नेपाल संवतको नयाँ वर्ष शुरुवात हुने गर्छ ।
आजबाट ११४२ बर्ष प्रारम्भ भएको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले नेपाल संवतको स्वागत गर्ने गर्छन् ।
आज सूर्योदय बिहान ६ः१८ र सूर्यास्त १७ः१५ मा हुनेछ । आयुष्मान योग, स्वाती नक्षत्र चन्द्रमा तुला राशिमा रहेको छ । आज बिहान ११ः२६ देखि १२ः१० सम्म अभिजित मुहूर्त छ । आजको देवता हुन चन्द्रमा ग्रहदेव हुन केतु ।
आज तिहारको चौथो दिन हो । आज गाईगोरुको एकैसाथ पूजा गर्ने गरिन्छ । सनातनशास्त्रमा गाई भनेका माता समान हुन । गोरु किसानको लागि सबैभन्दा सहयोगी हो । त्यसैले आजको दिन गाईगोरुलाई मीठो खानेकुरा खान दिएर पूजा गर्ने प्रचलन छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस