राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय
खबर एक्सप्रेस
२०८०-०९-१५ ०२:५५ मा प्रकाशित
Total Shares: 96
काठमाडौं - प्रमुख सत्तारुढ नेपाली कांग्रेसले माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको हो ।
‘राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन कायमै राखेर जाने निर्णय गरिएको छ, उम्मेदवारीबारे गठबन्धन दलमा छलफल गर्छौँ। सत्ता गठबन्धनका दलहरूबीच सहमति जुटाएर साझा उम्मेदवार उठाउँछौँ।’ बैठकको निर्णय जानकारी दिदैँ प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने ।
विश्वकर्माले संसदीय क्षेत्रमा योगदान दिन सक्ने नेतालाई उम्मेदवार बनाउने बताए।
फेसबुक पेज Like गर्नुहोस